बराल माथि खुकुरी प्रहार

काठमाडौं, १८ साउन । काठमाडौंको जोरपाटीमा मुगु जिल्ला घर भएका देवीकृष्ण बराल माथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट बराल गम्भीर घाईते भएका छन् । मुगु जिल्ला दैनकोट–३ स्थायी घर भई जोरपाटी नारायणटारमा डेरा गरेर बस्ने २६ वर्षीय बराललाई पैदल हिँडिरहेको अबस्था आज खुकुखरी प्रहार भएको प्रहरीले जनाएको छ ।
जोरपाटी बस्ने सिन्धुपाल्चोक स्थायी घर भएका २० वर्षीय अजय तामाङले उनलाई खुकुरी प्रहार गरेका हुन् ।
टाउकोमा गम्भीर चोट लागेका बरालको शंकरापुर अस्पताल जोरपाटी उपचार भएको छ । खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया