ट्रेड युनियन कांग्रेसले नाम परिवर्तन गर्‍यो

काठमाडौं, १७ साउन । कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रले आफ्नो नाम परिवर्तन गरेको छ ।
ट्रेड युनियन कांग्रेसको साउन–१६ र १७ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय समिति बैठकले नामको पछाडि रहेको ‘स्वतन्त्र’ शब्दावली हटाउने निर्णय गरेको मध्य पश्चिमाञ्चल अध्यक्ष बमबहादुर डिसीले जानकारी दिए । उनले भने, ‘नेपाल ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) बाट ‘स्वतन्त्र’ शब्द हटाई नेपाल ट्रेड युनियन कांग्रेस मात्रै राख्ने निर्णय गरेका छौं ।’
नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक निकट दुई ट्रेड युनियन एकीकरण हुने क्रममा ‘स्वतन्त्र’ शब्दावली थपेर नेपाल ट्रेड युनियन कांग्रेस (स्वतन्त्र) बनाईएको थियो । लामो समय पछि ‘स्वतन्त्र’ शब्द हटाएर ट्रेड युनियन कांग्रेस पुरानै नाममा पुगेको छ ।
यसैवीच, ट्रेड युनियन कांग्रेसले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी चैत–२३ देखि २५ गते सम्म गर्ने निर्णय गरेको छ । आज जारी विज्ञप्ति अनुसार पाँचौं सम्मेलन चितवनमा हुने छ ।
बैठकले एक महिना भित्र आफू निकट ट्रेड युनियनका जिल्ला अध्यक्षहरुको भेला पनि गर्ने निर्णय गरेको छ । भेला झापामा हुने कार्यक्रम छ ।

प्रतिक्रिया