प्रहरी पिट्ने म्यानेजर समातिए

राजविराज : राजविराजस्थित यामाहा सो रुमका म्यानेजर कृष्णकुमार यादवलगायत समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवको समूहले सोमबार राति जिल्ला प्रहरी कार्यालय सप्तरीका गस्ती प्रहरी टोलीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । आक्रमणबाट असई अरुणकुमार यादवलगायत पाँच प्रहरी घाइते भएका थिए । उनीहरूको स्थानीय सगरमाथा अञ्चल अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर नन्दलाल साहले बताए ।
चोरी नियन्त्रणका लागि सिभिलमा गस्ती गरिरहेका प्रहरीमाथि राजविराज–५ मा मादक पदार्थ सेवन गरी होहल्ला मच्चाइरहेका यादवसहित तीनजनाको समूहले राति ११ बजे आक्रमण गरेको साहले बताए । उनीहरूले प्रहरीलाई बियरका बोतलले हिर्काएका थिए । संलग्नमध्ये म्यानेजर यादवलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया