हसियाँ प्रहार गरेर पतीको हत्या

सल्यान, १४ साउन । सल्यान जिल्लामा पत्नीले पतीलाई हसियाँ प्रहार गरेर हत्या गरेकी छन् ।
शनिबार बेलुका आन्तरिक विवाद पछि पती निमबहादुर घर्तीलाई हत्या पत्नी हुकुमा घर्तीले हसियाँ प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेको अभियोगमा प्रहरीले त्रिबेणी–२ डेरा गरी बस्ने हुकुमालाई पक्राउ गरेको छ ।
दुबै वीच त्रिबेणी–२, सल्ले खोला नजिक आपसी विवाद भएको थियो । विवाद लगत्तै पत्नी हुकुमाले पती निमबहादुरलाई हसियाँ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाई छ ।
उता, सुनसरी जिल्लाको इटहरी–५ स्थित राजमार्ग छेउमा आज एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ ।
नाम, थर, ठेगाना खुल्न नसकेका अंदाजी २२ बर्षीय युवकलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मानसिक सन्तुलन ठीक नभएका इटहरी–५, बज्राहाका २६ बर्षीय कुलबहादुर मगरलाई खुकुरी सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया