समाचार वाचक गिरीको निधन

काठमाडौं, १४ साउन । पत्रकार एवं समाचार वाचक प्रवीण गिरीको निधन भएको छ ।
६२ वर्षीय पत्रकार गिरीको उपचारका क्रममा आज विहान चावहिलस्थित ओम नर्सिङ होममा निधन भएको आफन्तले जनाएका छन् ।
अर्बुद रोगबाट पीडित गिरी उपचारका लागि एक साता अघि अस्पताल भर्ना गरिएका थिए । उनका पत्नी दुई छोरा र दुई छोरी छन् ।
पत्रकार गिरीले रेडियो नेपाल, नेपाल टेलिभिजनमा समाचार वाचकका रुपमा लामो समय काम गरेका थिए ।
उनी त्रिभुवन विश्व विद्यालय मिनभवन क्याम्पसका अर्थशास्त्रका सहप्रध्यापक पनि हुन् ।

प्रतिक्रिया