ऋण र क्रेडिट कार्डमै ठगी

काठमाडौं, १३ साउन । नागरिकतालगायतका नक्कली कागजातहरु बनाएर बैंक, फाइनान्स तथा सहकारी संस्थामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ऋण तथा क्रेटिड कार्डहरु लिएर वित्तिय संस्थाहरुमा ठगी गर्ने बिराटनगर उपमहानगरपालिका–१२ स्थायी घर भएका विजयकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर उपमहानगरपालिका–१३ कुसुन्तीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२ बर्ष अघि दासले बिजय शर्माको नाममा नक्कली नागरिकता बनाएर इम्पेरियल फाइनान्स थापाथलीबाट २५ लाख ऋण लिएका थिए ।
उनले सोही नागरिकता र अन्य कागजातहरु प्रयोग गरेर स्तुती फाइनान्स बानेश्वरबाट ११ लाख तथा स्टाण्डर्ड चार्टर्ड बैंक र ग्लोबल बैंकबाट १/१ वटा क्रेडिट कार्ड लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यसै गरेर सिन्धुली जिल्ला थापाथुम्का–३ स्थायी घर भएका टंकनाथ आचार्यलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई ललितपुरकै महालक्ष्मीस्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
आचार्यले पनि बिनोद आचार्यको नाममा नक्कली नागरिकता बनाएर स्टाण्डर्ड चार्टर्ड बैंक र ग्लोबल बैंकबाट १/१ वटा क्रेडिट कार्ड लिएर ठगी गरेका छन् ।

प्रतिक्रिया