काठमाडौं, १२ साउन । एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि सरकारद्वारा उपलब्ध गराईएको सुविधाको गाडी फिर्ता गरेका छन् ।
पूर्व प्रधानमन्त्रीको हैसियतमा राज्यका तर्फबाट उपलव्ध गराइएको वा. ६ च. १०२६ नम्बरको गाडी आजैका मितिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा वुझाएको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जनाएका छन् ।
विशिष्ट पदाधिकारीहरुलाई सुविधाको गाडी र सुरक्षा उपलव्ध गराउँदै आएको र पछिल्लो समयमा काम चलाउ सरकारले अध्यादेश मार्फत उक्त सुविधालाई निरन्तरता दिन गरेको निर्णयकोमा विभिन्न किसिमका टिका टिप्पणी आएको भन्दै खनालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पूर्व प्रधानमन्त्री खनालले सुविधाको गाडी बाहेक अन्य सुविधा नलिएको जनाएका छन् । उनले फिर्ता गरेको गाडी चमेलिया जलविद्युत आयोजनाको हो ।
यस अघि सरकारी सुविधानको गाडी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पूर्व सभामुख रामचन्द्र पौडेलले फिर्ता गरिसकेका छन् ।
प्रतिक्रिया