दाङमा अनेरास्ववियुका दुई कमिटी

दाङ, १२ साउन । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दाङको महाधिवेशनमा विवाद भएपछि दुई अलग/अलग कमिटी गठन भएका छन् ।
विहीबार सम्पन्न २१ औं सम्मेलले पवन रिजाल नेतृत्वको कमिटी गठन गरेपछि असन्तुष्ट समूहले वीरवल खड्का नेतृत्वमा अलग कमिटी बनाएको हो ।
अनेरास्ववियु दाङका निर्वतमान अध्यक्ष सुरेश रावतले आफूहरुले रिजालको नेतृत्वमा सर्वसम्मत जिल्ला कमिटी गठन गरेको दाबी गरेका छन् । ‘महाधिवेशनबाट रिजालकै नेतृत्वमा नयाँ कमिटी बनाएका हौं,’ उनले भने, ‘विवाद भएर अर्को नयाँ कमिटी बनेको जस्तो मलाई लाग्दैन ।’
उनले विवादका बारेमा आफूलाई केही जानकारी नरहेको दाबी गरे ।
खड्काले आफ्नै नेतृत्वमा अलग कमिटी गठन गरेर आफूहरु नै आधिकारीक रहेको दाबी गरेका छन् । खड्का र रिजाल दुवै पक्षले आ—आफूले नेतृत्व गरेका कमिटी आधिकारीक रहेको भन्दै प्रचार/प्रसार गरेपछि अनेरास्ववियु र एमालेमा टाउको दुःखाई भएको छ ।
असन्तुष्ट खड्का पक्षले २७ सदस्यीय कमिटी गठन गरेर प्रचार गरेपछि विवाद सार्वजनिक भएको थियो । दाङ अनेरास्ववियुको जिल्ला सम्मेलन अध्यक्ष माधव ढुङगेल स्वयं पनि उपस्थित रहेका थिए ।

प्रतिक्रिया