काठमाडौं, १२ साउन । लोडसेडिङको मार खेपिरहेको नेपालसित बंगलादेशले एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव गरेको छ । जलविद्युत्बारे सहयोग आदान–प्रदानका लागि छलफल गर्न आएको बंगलादेशको टोलीले बिहीबार नेपालसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेको हो ।
नेपालको विद्युत् क्षेत्रमा लगानी गर्नसमेत तयार रहेको बताउँदै टोलीले नेपालबाट एक हजार मेगावाट बिजुली किन्ने दीर्घकालीन लक्ष्य राखेको बताएको नेपालको तर्फबाट वार्ताटोलीका संयोजक एवं ऊर्जा मन्त्रालयका सह–सचिव सुनील मल्लले जानकारी दिए ।
बंगलादेशले आºनो मुलुकमा रहेको ऊर्जाको अभावलाई समाधान गर्न नेपाल, भारत र भुटानबाट ३५ सय मेगावाट बिजुली लैजान चाहेको र सोका लागि नेपालका विभिन्न आयोजनामा चासोसमेत देखाएको वार्तामा सहभागी एक सदस्यले बताए । उनका अनुसार कुन–कुन आयोजनामा सहयोग गर्ने भन्नेबारे बंगलादेश टोलीले बताएको छैन । शुक्रबारको छलफलमा बंगलादेशले नेपालका आयोजनामा गर्न सक्ने लगानी तथा सहयोगबारे ठोस प्रस्ताव ल्याउने र त्यसबारे छलफल हुने नेपाली टोलीको आशा छ ।
बिहीबारको छलफलमा नेपाल र बंगलादेशले आ–आºना देशको ऊर्जाको अवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले दुवै देशबीचको ऊर्जाका क्षमता, सम्भावना र लगानीबारे व्याख्या गरे । शुक्रबार नेपाल–बंगलादेश विद्युत् आदान–प्रदानबारे विस्तृत छलफल हुने पनि मल्लले जानकारी दिए ।
बंगलादेशका ऊर्जा सह–सचिव अनुवर हुसेनको नेतृत्वमा रहेको ७ सदस्यीय टोली र नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सह–सचिव मल्लको नेतृत्वमा रहेको टोलीबीच छलफल सुरु भएको हो । टोलीमा नेपालको तर्फबाट मल्लको नेतृत्वमा विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, जल तथा ऊर्जा आयोग, परराष्ट्रलगायत मन्त्रालयका प्रतिनिधि गरी ८ सदस्य सहभागी छन् ।
छलफलमा नेपालले ऊर्जा संकट भोगिरहेका बेला नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव अघि सारेपछि नेपालले आयोजना निर्माण गरेर मात्र खपतका लागि केही आयोजनालाई अनुरोध गर्न सक्ने बताइएको छ । बंगलादेश विद्युत् लैजान भारतसँग समन्वय नगरी असम्भव भएकाले बंगलादेशले भारतसँग मिलेर आयोजना अघि बढाउनु आवश्यक छ ।
प्रतिक्रिया