ड्रोनबाट आक्रमण

मिरानसाह : उत्तरपश्चिम पाकिस्तानको आदिवासी इलाकामा अमेरिकाद्वारा चालकरहितको विमान (ड्रोन) बाट गरिएको आक्रमणमा १० व्यक्तिको मृत्यु भएको सुरक्षा अधिकारीले जनाएका छन् । सो आक्रमण अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने उत्तर बजिरिस्तानको आदिवासी जिल्लाका रूपमा चिनिने सावाल क्षेत्रमा भएको थियो । चरमपन्थीलाई लक्ष्य गरी ६ वटा क्षेप्यास्त्र आक्रमण गरिएको थियो । यसबाट १० व्यक्तिको मृत्यु भएको एक सुरक्षा अधिकारीले बताएका छन् । यस क्षेत्रमा तालिबानी चरमपन्थीको बलियो प्रभाव रहेको जनाइएको छ । आदिवासीको बसोबास रहेको यस क्षेत्रमा आश्रय लिएर तालिबानी र अल कायदा चरमपन्थीहरूले आक्रमणको योजना बनाउने गरेको बताइन्छ । (एएफपी)

प्रतिक्रिया