महासचिव अपहरण गर्ने स्माईली पक्राउ

काठमाडौं, ८ साउन । चुरे भावर राष्ट्रिय एकता समाजका महासचिव भूमिराज निरौलालाई अपहरण गर्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर जिल्ला ईमाडोल बस्ने रामेछाप जिल्ला खनियापानी–७ का २८ बर्षीय संजय स्माईलीलाई प्रहरीले आइतबार पक्राउ गरेको जनाएको छ । निरौलालाई अपहरण गरेको सूचना पाउन साथ प्रहरीले उनीहरुको पिछा गरेको थियो ।
काठमाडौंको सिनामंगलबाट आइतबार दिउसो स्माईली, नेगबहादुर थापालगायत ७ जनाले महासचिव निरौलालाई अपहरण गरेको प्रहरी भनाई छ ।
थापा सहित अन्य ६ जना फरार रहेका छन् । अपहरणको कारण बारेमा प्रहरीले केही बताएको छैन् ।

प्रतिक्रिया