१८ मृतकका आफन्त सम्पर्कमा आएनन्

सुर्खेत, ४ साउन । शसस्त्र द्धन्द्धमा परी निधन भएका १८ जनाका परिवार राहत लिनका लागि नआएको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ ।
शान्ति तथा पुननिर्माण मन्त्रालयले स्थानीय शान्ति समितिमार्फत लगत संकलन गरी राहतका लागि रकम छुट्याएपनि सुर्खेतका १८ जना मृतकका परिवार हालसम्म सम्पर्कमा नआएको समितिका संयोजक मोहन थापाले जानकारी दिएका छन् ।
उनका अनुसार ३ सय १ जना निधन भएकामध्ये हालसम्म २ सय ७८ जनाका परिवारले राहत लिइसकेका छन् । यस्तै वेपत्ता १३ जनामध्ये ११ जनाले राहत लिइसकेका छन् भने दुई जनाका आफन्त सम्पर्कमा नआएको समितिले जनाएको छ ।  ६६ जना घाइते मध्ये ४७ जना, अपहरणमा परेका ४२ मध्ये ३१ जनाले, बेपत्ताका पत्नी दुई जना, जीवन निर्वाह मासिक भत्ता पाउने १६ मध्ये १३ जनाले क्षतिपूर्ति रकम लगिसकेको संयोजक थापाले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा जम्मा ४ करोड २६ लाख १७ हजार रुपैयाा राहत वितरण गरिसकेको छ । जसमा मृतकका परिवारलाई ३ करोड ६७ लाख ५० हजार, वेपत्तालाई २२ लाख, घाइतेलाई २४ लाख ७० हजार, अपहरणमा परेकालाई ७ लाख ७५ हजार, जीवन निर्वाह भत्ता ३ लाख ७२ हजार र बेपत्ताका पत्नीलाई ५० हजार रुपैयाा राहत वितरण गरिएको छ ।

प्रतिक्रिया