ओलम्पिक सुरक्षाको जिम्मा प्रहरी र सेनालाई

लन्डन, ३१ असार । आफ्नो संस्था असफल भएको समाचार प्रकाशमा आएलगत्तै सुरक्षाको जिम्मा छाडेको बेलायतको सबैभन्दा ठूलो सुरक्षासम्बन्धी प्राइभेट संस्था ग्रुप–फोरले सम्झौता भंग गरेकोमा दु:ख व्यक्त गरेको छ । बिबिसीले ग्रुप–फोरले सुरक्षामा त्यति तयारी नगरेको तथा भाषामा पनि समस्या भएको समाचार प्रकाशमा ल्याएपछि संस्थाका प्रमुख निक बकलसले सुरक्षाको जिम्माबाट हात झिकेका थिए । यसपछि ३ हजार ५ सय प्रहरी तथा सैनिकलाई सुरक्षाका लागि तयार गरिएको छ ।
उनले सबै घटनामा आफू जिम्मेवारी लिंदै १० हजार तालिमप्राप्त सुरक्षाकर्मी तयार गर्नु साँच्चै कठिन भएको बताएका छन् । डिसेम्बरमा ग्रुप–फोरले यो जिम्मा लिएपछि पूर्णसंख्यामा सुरक्षाकर्मी तयार गर्न अप्ठयारो भएको उनले बताएका छन् । बिबिसी मात्र होइन डेली मिररलगायत सञ्चारमाध्यमले यो सुरक्षा कम्पनीको चर्को आलोचना गरेका थिए ।
अंग्रेजी राम्रोसँग बोल्न पनि सबै सुरक्षाकर्मीलाई कठिन भएको समाचारमा उल्लेख थियो । बकलेस आफैले पनि भाषिक समस्याको पक्का गर्न नसकेको बताए । कम्पनीले ५ करोड पाउन्ड खर्च भइसकेको कारण यसको क्षतिपूर्ति बेलायत ओलम्पिक कमिटीले व्यहोर्नुपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया