विपक्षीहरुले राष्ट्रपतिलाई उक्साई रहेका छन्

काठमाडौं, २८ असार । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले सहमति विना राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरे मुलुक मुडभेडमा जाने चेतावनी दिएका छन् । उनले राष्ट्रपतिलाई दोहोरो सत्ता नचलाउन चेतावनी दिएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनले भने, ‘विपक्षी दलहरुले राष्ट्रपतिलाई असंबैधानिक कदम चाल्न उक्साईरहेका छन् ।’
आन्दोलन भएर नयाँ परिस्थिति नबन्दासम्म प्रधानमन्त्री बाबुराम भट्टराईलाई कसैले हटाउन नसक्ने नेता गजुरेलले दाबी गरेका छन् ।
‘राष्ट्रपतिले आफ्नो अधिकार बाहिर जान मिल्दैन,’ उनले भने, ‘एमाओवादीसहितका दल सहमति बने मात्रै राष्ट्रपतिले कदम चाल्न मिल्छ ।’
उनले समग्र विषयमा प्याकेजमै सहमति नबन्दासम्म प्रधानमन्त्री भट्टराईको राजीनामा नआउने स्पष्ट पारे ।

प्रतिक्रिया