एकै परिवारका चार मानसिक रोगी

राजविराज, २६ असार । राजविराजका एक परिवारका चारजना कडा मानसिक रोग ‘सिजोप्रेmनिया’ को सिकार भएका छन् ।

विश्वका एक प्रतिशत मानिसमा पाइने ‘सिजोप्रेmनिया’ ले परिवारका सबैलाई सताएपछि राजविराज–३ का गणेश शर्माको परिवार चिन्तामा डुबेको छ ।
पाँचजनाको परिवारमध्ये ३६ वर्षीय शर्मा, २० वर्षीय छोरा मनोज तथा १७ वर्षीया छोरी पुनम र १३ वर्षीया छोरी कौशिलाकुमारीमा रोग देखिएको चिकित्सकले बताए । मेरिनोलन आशादीप नेपाल काठमाडौंले सोमबार सगरमाथा अञ्चल अस्पतालमा गरेको स्वास्थ्य शिविरमा परीक्षण गराउन आएका शर्माका परिवारमा सिजोफ्रेनिया भएको पाइएको हो ।
वीरगन्ज मेडिकल कलेजका नसा तथा मानसिक रोग विशेषज्ञ भरतकुमार गोइतका अनुसार शर्माको परिवारका चारजनामा सिजोप्रेmनिया देखापरेको हो । यो रोग औषधिसेवनबाट पनि निर्मूल नहुने डा. गोइतले बताए ।

प्रतिक्रिया