नेविसंघ बैठक ढिला सुरु


काठमाडौं, २५ असार । नेपाल विद्यार्थी संघमा वरीयताक्रमलाई लिएर विवाद भएपछि केन्द्रीय समिति बैठक केही समय प्रभावित भएको छ ।
आइतबार मध्यान्ह १२ बजे स्थगित भएको बैठक आज ढिला गरेर सुरु भएको प्रवक्ता यु.पी. लामिछानेले बताए । स्रोतका अनुसार विद्यार्थी नेताहरुका वीच अध्यक्ष रञ्जीत कर्ण पछि वरीयतामा को रहने भन्ने विषयमा किचलो भएको थियो । वरिष्ठतममा विवाद गर्ने वरिष्ठ नेता शेरबहादुर देउवा समूह निकट मानिने विद्यार्थी नेताहरु रहेका छन् ।
लामिछानेले विवाद नगरेर पार्टीले उलब्ध गराएको नाम लिष्टलाई आधार मानेर जानुपर्ने बताए । उनले भने, ‘केही साथीहरु वरीयताको विषयलाई लिएर विवाद गर्नुभएको छ ।’
मुलुकको पछिल्लो राजनीतिक अवस्था, महाधिवेशन, संगठन सुदृढीकरणलगातका विषयमा निर्णय गर्न तीन दिन यता नेविसंघको बैठक बस्दै आएको छ ।
वरिष्ठतमको विषयमा विवाद भएपछि कांग्रेस नेतृत्वले मिलेर जान दबाव दिएको छ ।

प्रतिक्रिया