सुनको मूल्यमा गिरावट/प्रतितोला ४५० ले कमी

काठमाडौं, २४ असार । नेपाल सुनचाँदी व्यवसायी सङ्घले छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा आज प्रतितोला ४ सय ५० रुपियाँले कारोवार भएको जनाएको छ । ५६ हजार २ सय रुपियाँमा सुनको कारोवार भएको छ ।
शुक्रबार सुन प्रतितोला ५६ हजार ६ सय ५० रुपियाँ कायम भई कारोबार भएको थियो ।
त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार ९ सय ५० रुपियाँमा कारोबार भएको छ । सोको मूल्य गत शुक्रबार ५६ हजार ४ सय रुपियाँमा कायम रहेको थियो ।
त्यस्तै साताको पहिलो दिन आज चाँदीको मूल्य पनि १५ रुपियाँले कमी आई प्रतितोला एक हजार १० रुपियाँमा कारोबार भएको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५ रुपियाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबारको तुलनामा आज प्रति आंैश सुनमा अमेरिकी डलर २० ले कमी आएकाले नेपाली बजारमा पनि सुनको मूल्य घटेको संघले जनाएको छ ।

प्रतिक्रिया