सरकार निरंकुश बन्दैछः कोइराला

काठमाडौं, २१ असार । कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभा विघटन पछि सरकारले निरंकुश र सहमति विपरतका कार्यगर्दै हिडेको आरोप लगाएका छन् ।
संविधानसभा विघटनदेखि बजेटको तयारीसम्मका गतिविधिले सरकार एकलौटी र निरंकुशताकासाथ अगाडि बढिरहेको आफूले पाएको कोइरालाको आरोप थियो ।
नेपाल चेम्वर अफ कमर्शका प्रतिनिधिमण्डलसँग आज आफ्नै निवास महाराजगञ्जमा भएको भेटमा उनले राजनीतिक सहमति बिना आउने कुनै पनि बजेटलाई स्वीकार्न नसक्ने दोहराए ।
उनले सहमति विना अध्यादेशबाट आउने वजेटलाई प्रतिवाद गर्ने समेत बताएका छन् ।
उनले भने, ‘सहमति नभई कामचलाउ सरकारले ल्याउन लागेको बजेटको औचित्य छैन ।’
सभापति कोइरालाले राजनीतिक सहमति गरेर मुलुकको निकास निकाल्नुनै अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
चेम्बर अफ कमर्सका प्रतिनिधिले भने मुलुकको विकासका लागि पूर्ण वजेट समयमा आउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया