डा.यादव र नेपालवीच भेटबार्ता

काठमाडौं, २० असार । राष्ट्रपति डा.रामवरण यादवसँग एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वजेट, राष्ट्रिय सहमतिको सरकारलगायतमा कुराकानी भएको वरिष्ठ नेता नेपालले बताएका छन् ।
‘राष्ट्रिय सहमतिको विकल्प छैन,’ भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै नेपालले भने, ‘वर्तमान कामचलाउ सरकारलाई वजेट ल्याउने कुनै कानूनी र संवैधानिक अधिकार छैन ।’ उनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदत्याग गरेर सहमतिमा सहयोग गर्न सुझाव दिए ।
कांग्रेस, एमाले लगायतका विपक्षी दलहरुले सरकारले अध्यादेशबाट ल्याउन लागेको वजेटको विरोध गर्दै अध्यादेशलाई स्वीकृति नदिने राष्ट्रपति डा.यादवसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया