पूर्वराजाको रुपन्देहीमा भव्य स्वागत

बुटवल, १७ असार । सुदूरपश्चिम तथा मध्यपश्चिमका जिल्लाहरुमा केही समय अघि भ्रमण गरीसकेका पूर्व राजा ज्ञानेन्द्र शाह लुम्बिनी अञ्चलका जिल्लाहरुको भ्रमणका लागि आज रुपन्देहीमा आइपुगेका छन् ।
भैरहवा विमानस्थलमा अपरान्ह ३ बजे विमानमार्फत आएका पूर्व राजाको स्वागतार्थ विमानस्थलदेखि उनी बस्ने निर्वाणा होटलसम्मै सर्वसाधारण र समर्थकहरुको बाक्लै उपस्थिति थियो । उनको समर्थनमा पञ्चकन्या राख्नुका साथै नारावाजी समेत भएका थिए ।
उनका समर्थकहरुले दलहरुका कारण राजनीतिक अस्थिरता बढेको भन्दै राजा आउ देश बचाउ, २०४७ सालको संविधान लागू गर जस्ता नारावाजी गरेका थिए ।
पूर्व राजाको स्वागतका लागि राप्रपा नेपाल, राष्ट्रिय जनशक्ति प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दलले झण्डै महिना दिनदेखि तयारी गरेका थिए ।

प्रतिक्रिया