पहिला राजीना त्यसपछि छलफल

नुवाकोट, १५ असार । एमाले अध्यक्ष झलनाथ खनालले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले वालुवाटार नछोडेसम्म राजनीतिक गतिरोध अन्त्य नहुने वताएका छन् ।
उनले भने, ‘राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कुनै पनि विकल्पमा छलफल गर्न एमाले तयार छैन ।’
प्रेस चौतारी नुवाकोटले सदरमुकाम विदुरमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले जननिर्वाचित संविधानसभा भंग गरेर प्रधानमन्त्री भट्टराईले संवैधानक आधार बिनानै एकलौटी ढङगले नयाँ निर्वाचन घोषणा गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री भट्टराईले मुलुकमा संवैधानिक र राजनीतिक संकट ल्याएका छन् ।’
प्रधानमन्त्रीले आफूलाई मात्र सर्वशक्तिमान देख्नु स्वयंमा ‘वालहठ’ भएको अध्यक्ष खनालले दाबी गरे ।
संविधानसभा पुनःस्थापनाको संभावनाका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘प्रधानमन्त्री भट्टराईले राजीनामा नदिई पुनःस्थापना, नयाँ निर्वाचन वा अरु बिकल्पकामा छलफलनै हुन सक्दैन ।’
राष्ट्रिय सहमतिको सरकारमा जोड दिएका उनले प्रधानमन्त्री हुने व्यक्तिका बारेमा केही बताएनन् । ‘कांग्रेसले नयाँ सरकारको नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले उम्मेदवार छिटो खडा गर्नु पर्छ ।’
कांग्रेस, एमाले सहित दलको गठबन्धनले एमाओवादीको सर्वसत्तावादी चरित्रको भण्डाफोर गर्नुपर्ने भन्दै खनालले नेपालका लोकतान्त्रिक शक्तिहरु एकजुट भएको बताए ।

प्रतिक्रिया