कोइरालाद्वारा राजनीतिक परामर्श

काठमाडौं, १५ असार । कांग्रेस सभापति सुशील कोइरालासँग सत्तारुढ सद्भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले आज भेटबार्ता गरेका छन् ।
महाराजगञ्जमा भएको भेटमा कोइरालाले बृहत्त राजनीतिक सहमतिका आधारमा अगाडि बढ्न आफूले पहल गरिरहेको भन्दै सहयोग गर्न महतोसँग आग्रह गरेका छन् । ‘संविधानसभा नरहको अबस्थामा सहमतिबाटै निकास खोज्नु पर्छ,’ कोइरालालाई उदृत गर्दै उनका प्रेस सल्लाहाकार विपुल पोखरेलले भने, ‘कांग्रेसले अघि बढाएको सहमतिको प्रक्रियामा सद्भावना पार्टीले पनि सहयोग गर्नुपर्छ ।’
अध्यक्ष महतोले आफूहरु पनि सहमतिकै पक्षमा रहेको बताए । उनले भने, ‘सभापति कोइरालाले अहिले कामचलाउ सरकारको राजीनामा माग्नु भन्दा पनि नयाँ सहमति गर्ने तर्फ अग्रसरता लिनु पर्छ ।’
जवाफमा सभापति कोइरालाले बिगतका सहमतिको कार्यान्वयन गर्न र नयाँ सहमतिका लागि विश्वासको वातावरण निर्माणका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग गर्नु आवश्यक भएको बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बिहीबार भेटगरेका कोइरालाले आज सद्भावना पार्टीका अध्यक्ष महतोसँग परामर्श गरेका हुन् ।

प्रतिक्रिया