पाँच बर्षीया बालिकाको बलात्कार

बर्दिया, १४ असार । बर्दिया जिल्लामा बनमा बाख्रा चराउन गएकी एक पाँच बर्षीया बालिकाको जवरजस्ती करणी भएको छ ।
बालिकालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा बगनाह–६ बस्ने जयराम थारुका १४ बर्षीय छोरा खुसीराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु एउटै गाउँका हुन् ।
बधबार दिउसो बाख्रा चराउन गएको अवस्थामा थारुले बालिकालाई जर्वजस्ती अनुचित कार्य गरेको प्रहरीले जनाएको छ ।
बलात्कार पछि पीडित बालिकालाई उपचार गर्न मेडिकल कजेल कोहलपुर लगिएको छ ।

प्रतिक्रिया