पूर्व प्रधानमन्त्री थापा घर फर्के

काठमाडौं, ९ असार । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पूर्णरुपमा स्वास्थ्य लाभ गरेर घर फिर्ता भएका छन् ।
थापाथलीस्थित नर्भिक अस्पतालमा झण्डै दुई साता उपचार गराएका थापा आज घर फर्किएको अस्पतालले जनाएको छ । उनी पूर्णरुपामा स्वस्थ्य भएको डा.भारत रावतले जनाएका छन् ।
राजपा र राप्रपाका प्रमुख नेताहरु सम्मीलित कार्यसम्पादन समितिको बैठक बसिरहेका समयमा पूर्व प्रधानमन्त्री थापा अचानक मुर्छित भएर लडे पछि उपचारका लागि तत्काल अस्पताल लगिएको थियो ।
पूर्व प्रधानमन्त्री थापाले आफूलाई उपचारका लागि तत्काल अस्पताल पुराउन भूमिका खेल्ने राप्रपा महामन्त्री दीपक बोहरालगायतलाई धन्यावाद दिएका छन् ।
उनले सबै शुभेच्छुक र सहयोगी तथा चिकित्सकलाई पनि धन्यावाद दिएको राजपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

प्रतिक्रिया