महिला बन्धक बनाउने लामा पक्राउ

काठमाडौं, ८ असार । एक महिलालाई काठमाडौंमा बन्धक बनाई राखेको अभियोगमा प्रहरीले काभ्रेका धौवा लामालाई पक्राउ गरेको छ ।
काभ्रेकै होक्से–३ बस्ने ६० बर्षीया साइली तामाङलाई बन्धक बनाई राख्ने खनालथोक–२ का ३६ बर्षीय लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अपहरण गर्नुको कारण बारेमा प्रहरीले केही जनाएको छैन ।
लामाले असार–४ गते तामाङलाई जवरजस्ती काठमाडौं ल्याई सीतापाइला–२ शंकरपुर भन्ने स्थानमा बन्धक बनाई राखेका थिए ।

प्रतिक्रिया