जनवर्गीयद्वारा नयाँ माओवादीको स्वागत


काठमाडौं, ७ असार । नेकपा, माओवादी निकट दर्जन बढि जनवर्गीय संगठनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बाबराम भट्टराई वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादको दलदलमा भास्सिंदै गएको आरोप लगाएका छन् ।
उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर प्रचण्ड–बाबुराम गुटमा गम्भीर वैचारिक विचलन देखिन थालेकाले उनीहरुलाई छाड्नु परेको जनाएका छन् ।
‘प्रचण्ड–बाबुराम गुट बिल्कुलै रुपान्तरित भएन, त्यो गुट झन्–झन् संसदवाद, वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादको दलदलमा भास्सिंदै गयो,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्ततः क्रान्तिकारीहरुले त्यस गुटलाई दक्षिणपन्थी नवसंशोधनवादी ठहर गरी पूरै सम्बन्ध विच्छेद गरेर नयाँ पार्टीको निर्माण गरिएको छ ।’
प्रचण्ड–बाबुराम गुट, कंग्रेस, एमालेजस्ता यथास्थितिवादी पार्टी, भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादी हस्तक्षेपका कारण संविधानसभाको दुःखद अन्त्य भएको विज्ञप्तिमा आरोप लगाईएको छ ।
दर्जन बढि जनवर्गीय संगठनले नेकपा, माओवादीको स्वागत गर्दै सहयोग गर्ने जनाएका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा जयपुरी घर्तिमगर–संयोजक अखिल नेपाल महिला संघ (क्रान्तिकारी), सुरेश आले मगर–महाचिव, आदिवासी–जातीय–क्षेत्रीय महासंघ, नेपाल, महेश्वर दाहाल–अध्यक्ष, क्रान्तिकारी पत्रकार संघ, तिलक परियार–अध्यक्ष, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा, ठाकुरप्रसाद चापागाइँ–उपाध्यक्ष, अखिल नेपाल किसान महासंघ, ईश्वरचन्द्र ज्ञवाली–अध्यक्ष, एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ, एकराज भण्डारी–अध्यक्ष, बेपत्ता योद्धा परिवार समाज, नेपाल, जयन्द्र चन्द–अध्यक्ष, नेपाल गणतान्त्रिक खेलकुद महासंघ रहेका छन् ।
त्यसै गरी मंगल विक–अध्यक्ष, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, रामदीप आचार्य–अध्यक्ष, अखिल नेपाल टे«ड युनियन महासंघ, शरद रसाइली–उपाध्यक्ष, अनेरास्ववियू (क्रान्तिकारी), रुक्म लामिछाने–अध्यक्ष, नेपाल राष्ट्रिय कर्मचारी महासंघ , शिव कट्टेल–अध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासंघलगायत रहेका छन् ।
संयुक्त प्रेस–वक्तव्य

प्रिय पत्रकार मित्रहरु, मिति ०६९ ०३ ०७
न्यानो अभिवादन !

एकीकृत ने.क.पा.(माओवादी)को क्रान्तिकारी विचार–समूहद्वारा गत २०६९ साल असार २, ३ र ४ गते बौद्ध, काठमाण्डौमा भव्य एवं सफलतापूर्वक आयोजित ऐतिहासिक राष्ट्रिय भेलाद्वारा नयाँ क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी—माओवादी गठन गरिएको घटना वास्तवमा एउटा अत्यन्त सराहनीय, ऐतिहासिक एवं दूरगामी महत्वको घटना हो । यो घटनाले नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवादका विरुद्ध सँधै निरन्तर चल्दै आएको संघर्षको ऐतिहासिक परम्परालाई कायम राख्नुका साथै क्रान्तिको झण्डालाई फेरि माथि उठाएको छ भने निराश बनेका उत्पीडित नेपाली जनतामा पुनः क्रान्तिकारी आशा जगाएको छ । हामी निम्नलिखित जनवर्गीय संगठन र उत्पीडित जाति, समुदाय र क्षेत्रका विभिन्न मोर्चाहरु यस घटनालाई हार्दिक स्वागत गर्दछौं तथा यस नवगठित पार्टी नेपाल कम्युनिस्ट पार्टी–माअ‍ोवादी लाई दृढ समर्थन गर्दछौं ।
तत्कालीन ने.क.पा.(मओवादी)ले नेपाली धर्तीमा १० वर्षसम्म महान जनयुद्धको थालनी एवं सफल संचालन गरेर शान्ति प्रक्रियामा प्रवेश गरेपछि र विभिन्न एकता प्रक्रियाबाट गुज्रँदै एकीकृत ने.क.पा.(माओवादी) बनेपछि प्रचण्ड–बाबुराम गुटमा गम्भीर वैचारिक विचलन देखिन थाल्यो । त्यस पार्टीभित्रका क्रान्तिकारीहरुले क. किरण र क. बादलको नेतृत्वमा त्यसै बेलादेखि दुई–लाईन संघर्ष शुरु गरे । र, तिनीहरुको रुपान्तरणका लागि भरमग्दूर प्रयास गरे किनकि नेपालमा एकता, रुपान्तरण र जनविद्रोहको विकल्प नभएको उनीहरुले महशूश गरेका थिए । तर प्रचण्ड–बाबुराम गुट बिल्कुलै रुपान्तरित भएन, त्यो गुट झन्–झन् संसदवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादको दलदलमा भास्सिंदै गयो । अन्ततः त्यसभित्रका क्रान्तिकारीहरुले त्यस गुटलाई दक्षिणपन्थी नवसंशोधनवादी ठहर गरी पूरै सम्बन्ध विच्छेद गरेर यस नयाँ पार्टीको निर्माण गरेका हुन् । यस पार्टीको निर्माणलाई उक्त भीषण दुई–लाइन संघर्षको उत्कर्षको रुपमा पनि लिन सकिन्छ ।
प्रचण्ड–बाबुराम गुट, कंग्रेस, एमालेजस्ता यथास्थितिवादी पार्टीहरु र भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादी हस्तक्षेपका कारण नेपालमा ऐतिहासिक संविधान सभाको दुःखद एवं उपलब्धिविहीन अन्त्य भएपछि पैदा भएको राजनीतिक रिक्तता र शून्यताका कारण सिर्जित राजनीतिक संकटको तात्कालिक समाधानका रुपमा प्रस्तुत गरिएको सम्पूर्ण राजनीतिक पार्टीहरु, मजदूर, किसान, उत्पीडित आदिवासी जनजाति, दलित, महिला, मधेशी, उत्पीडित क्षेत्र, मुस्लिमलगायत सम्पूर्ण जाति एवं समुदायहरु, नागरिक समाज तथा विभिन्न पक्षहरुको प्रतिनिधित्व भएको सर्वपक्षीय गोलमेच सभाको गठन, त्यसैद्वारा अन्तरिम सरकार गठन र नयाँ संविधान निर्माण गर्ने प्रस्ताव अन्य विकल्पहरु भन्दा आर्थिक र समयका दृष्टिले कम बोझिलो, बढी उपयुक्त र वस्तुवादी देखिन्छ । त्यसै गरी, उक्त पार्टीले नेपालको सार्वभौमिकता एवं राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको संघीय गणतन्त्र प्राप्तिका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धिहरुको रक्षा गर्दै तथा महान जनयुद्धको जगमा टेकेर जनविद्रोहमार्फत नेपाली जनक्रान्ति सम्पन्न गर्ने जुन कार्यनीति तर्जुमा गरेको छ, त्यो पनि सराहनीय हुनुका साथै सही, वस्तुवादी र क्रान्तिकारी छ भन्ने हामीले ठहर गरेका छौं ।
त्यसै कारण, हामी निम्नलिखित जनवर्गीय संगठन एवं मोर्चाहरु नवगठित नेपाल कम्युनिस्ट पार्टी—माओवादीलाई दृढ समर्थन गर्दछौं । यसको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं तथा यसले प्रतिपादन गर्ने सम्पूर्ण रणनीति, कार्यदिशा, कार्यनीति, कार्ययोजना तथा कार्यक्रमहरुलाई पनि दृढ समर्थन गर्ने र यस पार्टीले संचालन गर्ने संघर्षलगायतका सबै कार्यक्रमहरुमा सँधै समर्थन एवं सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
…………………..
जयपुरी घर्तिमगर
संयोजक
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)
………………
सुरेश आले मगर
महाचिव
आदिवासी–जातीय–क्षेत्रीय महासंघ, नेपाल
महेश्वर दाहाल
अध्यक्ष
क्रान्तिकारी पत्रकार संघ तिलक परियार
अध्यक्ष
नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा
ठाकुर प्रसाद चापागाइँ
उपाध्यक्ष
अखिल नेपाल किसान महासंघ ईश्वरचन्द्र ज्ञवाली
अध्यक्ष
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ
एकराज भण्डारी
अध्यक्ष
बेपत्ता योद्धा परिवार समाज, नेपाल जयन्द्र चन्द
अध्यक्ष
नेपाल गणतान्त्रिक खेलकुद महासंघ
मंगल विक
अध्यक्ष
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ रामदीप आचार्य
अध्यक्ष
अखिल नेपाल टेड युनियन महासंघ
शरद रसाइली
उपाध्यक्ष
अनेरास्ववियू (क्रान्तिकारी)
रुक्म लामिछाने
अध्यक्ष
नेपाल राष्टिय कर्मचारी महासंघ शिव कट्टेल
अध्यक्ष
राष्टिय उद्योग व्यापार महासंघ
शरद रसाइली
उपाध्यक्ष
अनेरास्ववियू (क्रान्तिकारी)
१) अध्यक्ष
२)
३) क.
४) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) उपाध्यक्ष क.ठाकुर चापागाईं
५) अध्यक्ष क. ईश्वरचन्द्र ज्ञवाली
६) अखिल नेपाल शिक्षक संगठन अध्यक्ष क. गुणराज लोहनी
७) बेपत्ता योद्धा परिवार समाज अध्यक्ष क. एकराज भण्डारी
८) अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ अध्यक्ष क. मंगल विश्वकर्मा
९) नेपाल गणतान्त्रिक खेलकूद महासंघ अध्यक्ष क. जयन्द्र चन्द
१०) अखिल नेपाल टे«ड यूनियन महासंघ अध्यक्ष क. रामदीप आचार्य
११) अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) उपाध्यक्ष क. शरद रसाइली
१२) नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन उपाध्यक्ष क. अमरसिंह थापा
१३) नेपाल राष्ट्रिय प्राध्यापक संगठन अध्यक्ष क. तक्मा के.सी.

प्रतिक्रिया