फ्रेन्च चरमपन्थी गिरफ्तार

इस्लामाबाद : चरमपन्थी संगठन अलकायदासँग आबद्ध एक फ्रान्सेली नागरिक पाकिस्तानमा पक्राउ परेका छन् । नामेन माजिचे नाम गरेका उनी अलकायदाको वरिष्ठ नेता हुनसक्ने अनुमान गरिएको छ । उनलाई नियन्त्रणमा लिएर पाकिस्तानी अधिकारीले अनुसन्धान थालेका छन् । गुप्तचर निकायले माजिचेलाई गिरफ्तार गरेको थियो । उनको विस्तृत विवरण भने प्राप्त भइनसकेको र यस विषयमा अनुसन्धान जारी रहेको समाचारमा जनाइएको छ । (एएफपी)

प्रतिक्रिया