चितवन कांग्रेस भङग

काठमाडौं, ६ असार । नेपाली कांग्रेसले चिवतन जिल्ला कार्यसमितिलाई भङग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले चितवन कार्यसमिति भङग गर्ने निर्णय गरेको हो ।
चितवनका सभापति विकास कोइरालाले तरुण दल चिवतनका तत्कालिन अध्यक्ष शिव पौडेलको संरक्षण गर्न नसकेको आरोपमा कार्यसमिति भङग गरेको कांग्रेसले जनाएको छ ।
तरुण दल अध्यक्ष पौडेलको कारागारमा हत्या भएपछि घटनाको अध्ययन र छानविन गर्न महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको कार्यदलको सुझावका आधारमा चितवन कार्यसमिति भङग गरिएको हो ।
यस अघि चिवतन कांग्रेसका सभापति कोइरालालाई पार्टीले सो विषयमा स्पष्टिकरण समेत सोधेको थियो ।

प्रतिक्रिया