झाडा पखालाबाट दुईको मृत्यु

डोटी, ५ असार । डोटी जिल्लामा झाडा पखालाका कारण बालक सहित दुई जनाको मृत्यु भएको छ ।
बगलेट–७ स्थित झाडा पखालाबाट नाम नखुलेका ७ वर्षीय बालक र अन्दाजी ७० वर्षीय अभि साउदको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला अस्पताल र प्रहरीको संयुक्त टोली गएर उपचार लगायत आवश्यक सहयोग गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया