चट्याङ परेर दाङमा एक जनाको मृत्यु, चार घाइते

दाङ, ५ असार । दाङमा अविरल बर्षासँगै परेको चट्याङका कारण एक जनाको मृत्युभएको छ भने चार जना घाईते भएका छन् ।
सोमबार हापुर—६, बगाले निवासी ५३ बर्षीय हर्कबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको हो ।
घाइते हुनेमा स्थानीय अनिल बस्नेत, मायाँ डिसी, यामबहादुर बस्नेत र गजेन्द्र नेपाली रहेका छन् । घाईते मध्ये दुई जनाको अवस्था भने गम्भीर छ ।
चट्याङ लागेर स्थानीय मानबहादुर नेपालीको एउटा गोरुपनि मरेको छ । सौर्य

प्रतिक्रिया