संघीयतामा जनमत संग्रह गर्नु पर्छ

काठमाडौ, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति सम्शेर राणाले धर्म निरेपक्ष र संघीयताका विषयमा जनमत संग्रह गर्नु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा राणाले धर्म निरपेक्षताको विषयमा नेपाली जनताले आफ्नो भावना ब्यक्त गर्न नपाएको बताए । उनले जनमत संग्रहमार्फत सो विषयमा निर्णय गर्नु उल्लेख गरे ।
राणाले संविधान निर्माणको बाधक राज्यको पुनर्संरचना नै भएको दाबी गर्दै प्रान्तको संख्या र नामाका विषयमा जनमत संग्रह आवश्यक रहेको बताए ।
लडाकु परिचालन गरेर निर्वाचन आफ्नो पक्षमा बनाई सत्ताकब्जा गर्ने रणनीति अनुसार एमाओवादी सरकारले निर्वाचन घोषणा गरेको उनको आरोप थियो ।

प्रतिक्रिया