राष्ट्रपतिले राजनीति गर्न मिल्दैन

काठमाडौ, ३ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सेरोमोनियल राष्ट्रपतिले सरकार गठन विघठनको नाममा राजनीतिक गर्न नमिल्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पौडेलले केही दलहरु राष्ट्रपतिलाई उक्साएर सरकार ‘कु’ गर्ने प्रयास भईरहेको आरोप लगाए ।
उनले भने, ‘राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन उक्साएर स्वयम राष्ट्रपति, लोकतन्त्र र दलहरुको हित हुँदैन बरु मुलुक झन ठूलो अस्थिरता र अराजकतामा जान्छ ।’
बहुमतको अर्को सरकार गठन गर्न नसकिने भन्दै पौडेलले अहिले प्रधानमन्त्री भट्टराईलाई कसैले पनि हटाउन नसक्ने बताए ।

प्रतिक्रिया