विपक्षीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं, २ असार । कांग्रेस, एमाले सहितका विपक्षी दलहरुले एमाओवादी नेतृत्वको कामचलाउ सरकार विरुद्ध सघंर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको २७ दललको बैठकले सरकार विरुद्ध असार–२५ गते सम्मका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम असार– ५ गतेदेखि नै शुरु हुने छन् ।
कार्यक्रमलाई व्यवस्थित बनाउन कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले महासचिव ईश्वर पोखरेल र राप्रपा महामन्त्री दीपक बोहार रहेको आन्दोलन परिचालन समिति पनि गठन गरेको छ ।
कार्यक्रम अनुसार सरकारविरुद्ध मसाल जुलुस, विरोध जुलुस, आमसभालगायतका छन् । यस अघि उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरुका कार्यक्रम वहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा समेत देखाउने छन् । केही समय पछि विदेश जाने क्रम तय गरेका प्रधानमन्त्री भट्टराईलाई उनीहरुले विमानस्थलमा कालो झण्डा देखार विरोध जनाउने नेताहरुले बताएका छन् ।
संविधानसभा विघटन भएलगत्तै जेठ–१४ गते पछि सम्बन्ध विग्रिएदेखि कांग्रेस, एमाले लगायतका साना दलहरुले एमाओवादी नेतृत्वको सरकार विरुद्ध संघर्ष गर्दै आएका छन् ।

प्रतिक्रिया