थापालाई भेट्नेको ओइरो

काठमाडौं, २७ जेठ । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा अचानक अस्वस्थ्य भई अस्पताल भर्ना भएको खबर सुन्ने वित्तिकै शुभेच्छुक र आफन्तहरु स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अस्पताल पुग्ने क्रम यथावत छ ।
थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नेता अर्जुन नरसिंह केसी, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका अध्यक्ष पशुपति सम्शेर राणा, राजदरबारका पूर्व प्रमुख सचिव पशुपतिभक्त महर्जनलगायत पुगेको राजपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
धनकुटामा आज भन्दा ठीक ८६ बर्ष अघि जन्मिएका थापा ६ पटक प्रधानमन्त्री भईसकेका छन् । उनका तीन छोरी र एक छोरा छन् । उनी काठमाडौंको मालिगाउँस्थित आफ्नै निवासमा बस्दै आएका छन् ।
२०४६ सालको परिवर्तन पछि थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी बनाएका थिए । पार्टीका आन्तरिक विवादका कारण उनले राजपा गठन पनि गरेका थिए । पछिल्लो समय राप्रपासँग एकीकरण गर्ने अन्तिम चरणमा अध्यक्ष थापा रहेका थिए ।

प्रतिक्रिया