‘म शोषणबाट बचेँ’

मुम्बई : बलिउड अभिनेत्री चित्रांगदा सिंहले बलिउडमा आउने महिला कलाकार कुनै न कुनै किसिमले शोषणमा पर्ने गरे पनि आफू भने यस मामिलामा बचेको बताएकी छन् । ‘यस अर्थमा म आफूलाई निकै लक्की मान्छु,’ उनले भनिन् । बलिउडमा महिला कलाकार हरहमेसा पुरुषको टार्गेटमा रहने गरेको उनले एजेन्सीलाई बताएकी छन् ।
एकै समय कमर्सियल चलचित्र, आइटम नम्बर र अवार्ड सञ्चालन गर्ने जिम्मेवारी हात लागेपछि उनले आफूलाई भाग्यमानी ठानेकी छन् । हाल निर्माता सुधीर मिश्रको एक लभ स्टोरी चलचित्रमा काम गर्ने तयारीमा रहेकी उनले सो चलचित्रले महिलामाथि हुने यौनशोषणको विषयलाई कथा बनाएको जानकारी गराइन् । ‘म आफैँ महिला भएका नाताले यस विषयमा अभिनय गर्दा गम्भीरता साथ लिएकी छु,’ उनले एजेन्सीलाई भनिन् ।  (एजेन्सी)

प्रतिक्रिया