प्रचण्ड र बाबुरामनै अन्योलको जिम्मेदार


काठमाडौं, २३ जेठ  । एमाओवादी का सचिव सी.पी गजुरेलले कुनैपनि हालतमा  यो मोर्चाबन्दीको अबस्थामा सहमती हुन नसक्ने बताएका छन् ।
काठमाडौमा आयोजीत कार्यक्रममा सत्ताधारी दल र विपक्ष दलहरुबीच मोर्चाबन्दी भईसकेको अवस्थामा दलहरुबीच सहमति असम्भव रहेको उल्लेख गर्दै भने “अहिलेको राजनीतिक अन्योलता सिर्जना गर्ने पात्र भनेका प्रचण्ड र बाबुराम हुन् ।”
संविधानसभाको पुन: निर्वाचनको कुनै औचित्य नरहेको स्पष्ट पार्दै उनले अबको राजनीतिक निकास भनेको सरोकारवालाहरुबीचको गोलमेच सम्मेलन भएको दावी गरे । राष्ट्रिय निकासका लागि तत्काल डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने गजुरेल माग थियो । कार्यक्रममा एमालेका नेता प्रदीप ज्ञवालीले माओवादीको कारण वर्तमान राजनीतिक अवस्था आएको बताउंदै प्रधानमन्त्रीको कुर्सी टिकाईराख्न डा. भट्टराईले संविधानसभा विघटन गरेको आरोप लगाए । नेता ज्ञवालीले जेठ १४ गते राती ११:१५ बजे राष्ट्रपति कार्यालय पुग्नुभन्दा पााच मिनेटमा पनि दलहरुबीच सहमत हुन सक्ने स्म्भावनालाई लत्याएर सत्ता टिकाउने  ध्येले मात्र संविधानसभा विघटन गरेकोमा आक्रश पोखेका थिए ।  कााग्रेसका नेता डा. मिनेन्द्र रिजालले माओवादीको सत्तालिप्साको कारण संविधान बन्न नसकेको बताउनुभयो । उनको निश्कर्ष थियो “सर्वसत्तावादी संविधान नआएर धेरै ठूलो उपलब्धी भएको बताउनुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वर्तमान सरकारको विकल्प नभएको बताउनुभयो । सर्वोच्चको आदेश अनुसार संविधानसभा समाप्त भएको हो विघटन होईन कर्णले कााग्रेस एमाले लगायतका दलहरु आलङ्ककारी राष्ट्रपतिलाई उचालेर देशमा वितन्डा मच्चाउन खोजेको आरोप समेत लगाए । राप्रपा नेपालका नेता चन्द्रबहादुर गुरुङले वर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया