एमाओवादीले निकास दिन नचाहेको आरोप

काठमाडौं, १३ जेठ । एमाओवादी र मधेसी मोर्चाले राज्य पुनर्संरचनामा सहमति नचाहेको कांग्रेस र एमालेले आरोप लगाएका छन् ।
उनीहरुले राज्य पुनर्संरचनामा आफूहरु लचिलो हुँदाहुँदैपनि एमाओवादी र मधेसी मोर्चाले सहमति गर्न आनाकानी गरेको निष्कर्ष निकालेका हुन् ।
सिंहदरबारमा आज बेलुका बसेका कांग्रेस र एमालेका आन्तरिक बैठकले सो निष्कर्ष निकालेको हो । एमाओवादी र मधेसी मोर्चासँगको बार्ता बिनाकुनै निष्कर्ष सकिएपछि उनीहरुले आन्तरिक परामर्श गरेका थिए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीलाई मिलेर जानका लागि आग्रह गरेका छन् ।
उता, एमाले उपाध्यक्ष बामदेब गौतमले एमाओवादीको हठका कारण समस्या आएको बताए ।
कांग्रेस र एमालेले एमाओवादीले जातीय राज्यको अडान त्याग्नु पर्ने बताएका छन् ।
कांग्रेस र एमालेले राज्य पुनर्संरचना गर्ने क्रममा संघीयताको नामलगायतका सहमति हुँन नसकेका बाँकी विषयलाई संघीय प्रदेशलाई नै जिम्मेवारी दिनुपर्ने अडान राखेका छन् ।
यद्यपी दुबै दलले सहमतिका लागि एमाओवादी र मधेसी मोर्चासँग अधिकतम लचकताका साथ कुराकानी गर्ने उल्लेख गरेका छन् ।
उता, प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादीले पनि आन्तरिक परामर्श गरेको बुझिएको छ ।

प्रतिक्रिया