जीप दुर्घटना दुई जनाको मृत्यु

कैलाली, १३ जेठ । कैलालीको धनगढीबाट तरकारी बोकेर डोटीतिर गइरहेको से १ ज ३९८ नम्बरको जीप भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको असिग्रामको साहुखर्कमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

आज भएको दुर्घटनामा बैतडी घर भएका ३२ वर्षीय चालक नरेन्द्रबहादुर विष्ट र डोटी घर भएका ३५ बर्षीय जीप मालिक मोहन रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुराका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेका अनुसार चालक विष्टको घटनास्थलमै र गम्भीर घाइते साहु रोकायाको उपचारका क्रममा डडेल्धुरास्थित टीम अस्पतालमा मृत्यु भएको हो ।

अखण्ड सुदूरपश्चिम र थरुहटको आन्दोलनले पहाडी जिल्लामा तरकारी अभाव भएको अवस्थामा जीप धनगढीबाट तरकारी बोकेर डोटीतिर गइरहेको घिमिरेले बताए । जीप सडकबाट झण्डै सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया