चिनियाँ नागरिकद्वारा प्रहरीमाथि आक्रमण

काठमाडौं, १३ जेठ । सुरक्षामा खट्टिएका प्रहरी नायव निरीक्षक माथि आक्रमण गर्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार मध्यराति काठमाडौं महानगरपालिका–२९, खानी बिभाग अगाडि प्रहरी नायव निरीक्षक दीपक पुडासैनीलाई चिनियाँ नागरिकहरुले लछारपछार गरेर सञ्चारसेट लुटेको प्रहरीले जनाएको छ ।
चिनियाँ नागरिकहरुले पुडासैनीसँग रहेको सञ्चार सेट लुटपाट गरेपछि बा. १ ज ७३१६ नम्बरको भाडाको ट्याक्सीमा तोडफोड गरेर क्षतिपुराएका थिए ।
उनीहरुले एक जना विदेशी नागरिकलाई कुटपिट गरेको भन्ने समाचार पाएलगत्तै प्रहरी सो स्थनमा पुगेको थियो ।
समयमा पुगेको प्रहरी माथिनै चिनियाँ नागरिकले कुटपिटका साथै आक्रमणमा उत्रिए पछि केही समय तनाव भएको थियो । पक्राउ परेका चिनियाँ नागरिकलाई आवश्यक कारबाही सुरु गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया