पत्रकार समक्ष उपाध्यक्ष श्रेष्ठ रोए

काठमाडौं, १३ जेठ । उपप्रधानमन्त्री समेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभा भङग गर्न कांग्रेस/एमाले लागेको भन्दै पत्रकार समक्ष रोएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको चार प्रमुख दलका शीर्ष नेताहरुको बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै श्रेष्ठले कांग्रेस/एमाले संविधानसभा भङग गर्न लागेको आरोप लगाए ।

उनले काग्रेस र एमालेले संविधानका विवादित विषय सहमति गर्न लचक पनि नहुने र विवादित विषयलाई संविधानसभामा पनि लैजान नदिने निरकुंश शैलीमा प्रस्तुत भएको भन्दै यस्तो अवस्थामा संविधानसभा बच्न नसक्ने बताए ।
उनले संविधानसभाको राज्य पुनसंरचना तथा राज्यशक्तिको बाडफाड समितिले बहुमतले पारित गरेको प्रतिवेदनलाई नमानेर एमाले र काग्रेसले संविधानसभाको अपमान गरेको भन्दै संविधान निर्माणका विषयमा संबेदनशिल नबनेको आरोप लगाए ।
सो अभिब्यक्ति दिएलगत्तै उपाध्यक्ष श्रेष्ठ रोएपछि पत्रकारहरुले आश्चर्य जनाएका थिए ।

 

प्रतिक्रिया