राष्ट्रमाता बन्ने संकल्प

मेरो प्रश्न छ– त्यस्तो क्षण कहिले आउला, जुनबेला विषलाई अमृतमा बदल्न सकियोस्, कुन त्यस्तो व्यक्तित्व पैदा हुने हुन्, जसले विषलाई अमृतमा परिवर्तन गर्ने क्रिया सिकाउन सकून् ? आगामी युगबारे बुझाउन सकून्, सम्झाउन सकून् कि तिमीले विष पैदा गरिरहेका छौ, तिमी आफैँलाई ज्ञान छैन ।’ विषले अर्को विष जन्माउँछ, दुर्गन्धले दुर्गन्ध पैदा गर्छ, गालीलाई गाली नै फर्किन्छ, प्रेमबाट प्रेम पैदा हुन्छ, घृणाबाट घृणा । क्रोधले क्रोध जन्माउँछ, यो क्रोधले विषलाई जन्म दिन्छ । कुनै यस्तो सामथ्र्यवान् व्यक्तित्व हुनुपर्‍यो, जसले आफ्ना शिष्यलाई, समाजलाई भन्न सकून् तिमी गलत बाटो हिँडिरहेका छौ । तिमी त्यस्तो बाटोमा छौँ जुन विषमय छ, यो यस्तो बाटो हो जसले विनाशतिर धकेलिरहेको छ । यो यस्तो बाटो हो, जहाँ सारा पृथ्वी स्वयंमा विषमय बन्न जानेछ ।
एक देशले अर्को देशलाई, शंकाको दृष्टिले हेर्नेछ, एक देश अर्को देशसँग युद्ध लडिरहनेछ, मिसाइल फ्याँकिरहनेछ, बम पड्काइरहनेछ । यसबाट विष नै पैदा हुने हो । एक दिन यस्तो क्षण आउनेछ– यो सभ्यता, संस्कृति जुन हामीले बडो परिश्रमपूर्वक उपार्जन गरेका हौँ, त्यो नष्ट हुनेछ, ध्वस्त हुनेछ, प्रलय हुनेछ ।
त्यस्तो व्यक्तित्व हुनुपर्‍यो जो स्वयं अमृतमय होऊन्, विष लेशमात्र पनि नहोस्, उनले मात्र केही गर्न सक्नेछन् । जसले बोले अमृतमय बोलून्, उनीसँग वातचित गर्ने इच्छा जागृत होस् । किनभने, त्यस्ता व्यक्तित्व विरलै मात्र हुन्छन्, सारा पृथ्वीमा दुई–चारजना, पूरा आर्यवर्तमा एक दुईजना मात्र यस्ता व्यक्ति हुन्छन् जो सही अर्थमा अमृतमय छन् । जसलाई हामी अमृतदेव भन्दछौँ, जो अमृतका साकार घडा, अमृतका साकार पुञ्ज– उनका साथमा बस्नाले गंगा किनारमा बसेजस्तै पवित्रताको अनुभव हुनेछ, उनको साथले सारा शरीर अमृतमय बनिरहेको अनुभव हुनेछ । क्रोध, घृणा र चिन्ता आफैँ समाप्त भएर जानेछ । आँसु छचल्किन थाल्नेछ, हृदय गदगद हुन थाल्नेछ । यो विष पग्लेपछि आँसु बन्छ, जब विष पग्लन्छ गला अवरुद्ध हुन्छ, प्राण अवरुद्ध हुन्छ । जब विष पग्लन्छ आँखामा प्रकाशको बिम्ब पैदा हुन्छ, आनन्दको अनुभव हुन थाल्छ । तर, यस्ता व्यक्ति भेटिन्छन् कहाँ ? बजारमा भेटिँदैनन् ।
विज्ञानले चाहेर पनि विषलाई अमृतमा परिवर्तन गर्न सक्तैन । शरीरको संरचना परिवर्तन गर्न सक्तैन । यसो गर्नु विज्ञानको वशमा छैन, ज्ञानको वशमा छैन । यो काम ती मानसपुत्र, अमृतपुत्रले मात्र गर्न सक्छन् । पुरुष वा नारी जो विषमय छन्, तिनलाई अमृतमा बदलेपछि यो पृथ्वी स्वयंमा अद्भुत, सुखदायक, सभ्य र समृद्ध बन्नेछ । यसो भए मात्र हामीलाई सही अर्थमा मनुष्य कहलाउने अधिकार हुनेछ ।
तर, भाग्योदय नभई यो सब सम्भव हुँदैन । जब भाग्योदय हुन्छ तबमात्र अमृतपुत्र प्राप्त हुन्छ, उनीसित भेट हुन्छ, उनको दर्शन हुन्छ । भाग्योदय भएपछि मात्र आफ्नो विष उनलाई सुम्पेर अमृतमा परिवर्तन गर्ने क्रिया प्रारम्भ हुन्छ । अन्यथा, एउटा विषयुक्त प्राणी अर्को विषका साथ मिल्न आतुर रहन्छ, साथमा बस्न श्रेष्ठता ठान्दछ, सुख अनुभव गर्दछ । यस्तो व्यक्ति तुच्छ, अधर्मी र निरीह हो । सुकिलो पहिरन वा अत्तर छर्केको किन नहोस्, बडो सुन्दर अनुहार नै किन नहोस्, ऊ विष भरिएको पुतला हो । विषले विष नै पैदा गर्ने हुनाले यो सारा पृथ्वी विषपुत्रले भरिँदै छ । किनभने, यस्ता स्त्रीले विषपुत्र नै पैदा गरे । तिनलाई मिल्यो भने विषपुरुष नै मिल्यो । तिनलाई पुरुष मिल्यो त विषपुरुष नै मिल्यो । पति मिल्यो भने विषमय नै मिल्यो । विषसँग मिलेर विष नै पैदा हुन्छ ।
त्यसैकारण आज यो पृथ्वी भयाक्रान्त, सन्तप्त दु:खी र पीडित छ । सारा संसार दु:खी छ । एउटा राष्ट्र अर्को राष्ट्रबाट भयभीत छ । यस्तो स्थितिमा यो विषलाई अमृतमा परिवर्तन नगर्ने हो भने जीवन सुखी र शान्त बन्न सक्तैन । यसलाई अमृतमय बनाउनु आवश्यक छ, अनिवार्य छ । तर, प्रश्न उठ्छ यस पृथ्वीलाई बचाउने उपाय के हो ? हामीले आफ्नो सभ्यता र संस्कृतिलाई बचाउने युक्ति के हो ? कुन तरिका, क्रिया छ, जसले विषलाई अमृतमा परिवर्तन गर्न सकोस् । कुन तरिका हो, जसले गर्दा हामी अमृतमय बन्न सकौँ ? यसको मूल आधार हो प्रेम ।
जसले प्रेम गर्न सिकेन, उसले बाँच्न पनि सिकेन । एक प्रकारले उसको जीवन चुक्न गयो, एक प्रकारले उसको वचपन बर्बाद भयो, यौवन ढल्न गयो । उसलाई लाग्यो– म यौवनपति हुँ । उसलाई भ्रम रह्यो कि म जवान छु, ज्यादै सुन्दर छु । मानिसले उसलाई उक्साए, माथि चढाए आफ्नो स्वार्थका लागि । मानिसले आफ्नो स्वार्थका लागि उसमाथि कविता लेखे, दोहा लेखे, गीत–गजल लेखे, सेर–सायरी लेखे । कसैले उसको आँखाको वर्णन गरे, कसैले लामो कपालको, चन्द्रमाको तरह उसको आँखाको वर्णन गरे । कसैले गुलाफको फूलको तरह उसको ओठको वर्णन गरे । कसैले वक्षस्थलको, कसैले कम्मरको, कसैले अंगप्रत्यंगको वर्णन गरे । यो वर्णन केवल स्वार्थका लागि, देह प्राप्तिका लागि । तर, स्त्रीले नै अमृत पैदा गर्न सक्छिन्, स्त्रीले नै विष पैदा गर्न सक्छिन् । उत्पन्न गर्ने क्षमता केवल स्त्रीमा मात्रै छ । निर्माण गर्ने क्षमता केवल स्त्रीमा मात्रै छ । त्यसैले स्त्रीका मनमा प्रखर इच्छा जाग्नुपर्‍यो– म एक राष्ट्रमाता बनूँ । छोरा जन्माउँm त अद्वितीय जन्माउँm, केबल एउटै छोरो जन्माउँm तर अमृतपुत्र जन्माउँm । मलाई सयौँ तारा पैदा गर्ने आवश्यकता छैन । केबल एउटा सूर्य पैदा गरूँ, चन्द्रमा पैदा गरूँ । एउटै जन्माउँm तर, अद्वितीय सन्तान जन्माउँm । सन्तान पैदा गर्नुअघि आफू स्वयम् अमृतमय बनूँ †
अनुवाद : शिव ढकाल
(निखिलमन्त्र विज्ञान पत्रिकाबाट)

प्रतिक्रिया