सेनाको बलाधिकृत रथीमा राणा

काठमाडौं, १२ जेठ । सरकारले गौरव शम्सेर राणालाई बलाधिकृत रथीमा सरुवा गर्दै जिम्मेवारी तोकेको छ ।
मन्त्रिपरिषदको आज बेलुका बसेको बैठकले बलाध्यक्ष रथी राणालाई बलाधिकृत रथीमा सरुवा गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
त्यसै गरी बलाधिकृत रथी नेपालभूषण चन्दलाई बलाध्यक्ष रथीमा सरुवा गरेको यादवले बताए ।
युद्ध कार्य तथा व्यवस्था महानिर्देशनालयमा नेत्र थापालाई सरुवा गरिएको छ । सो स्थानमा हालै अवकास पाएका सहायक रथी दमन घले प्रमुख रहेका थिए ।
सरकारले विश्व बैंकसँग सात करोड ऋण लिनका लागि एक समिति पनि गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकृतको म्याद थप गरेको सरकारले मन्त्रालयका अन्य नियमित एजेण्डा परित गरेको यादवले बताए ।
त्यसै गरेर सरकारले बेरुजु फर्छाैट सम्बन्धी समितिको म्याद ६ महिना थप पनि गरेको छ ।

प्रतिक्रिया