सहमति जुटाउन नेताहरुलाई राष्ट्रपतिको आग्रह


काठमाडौं, १२ जेठ । राष्ट्रपति डा.रामवरण यादवले आज प्रमुख चार दलका शीर्ष नेताहरुसँग भेटगरी सहमतिमा संविधान जारी गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा डा.यादवले जसरी भएपनि सहमतिमा तोकिएको समयमा नयाँ संविधान जारी गर्न सझुाव दिएको एमाले अध्यक्ष झलनाथ खनालले बताए ।
दलहरुका वीच संघीय राज्यलाई लिएर विवाद भईरहेका समयमा राष्ट्रपति डा.यादवले मिलेर जान प्रमुख दलहरुलाई सुझाव दिएका हुन् ।
राष्ट्रपति डा.यादवसँगको भेटका लागि एमाओवादी अध्यक्ष पुष्पमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका नेता विजय गच्छदार पुगेका थिए ।

सामुहिक भेटका क्रममा राष्ट्रपति डा.यादवको दायाँ तर्फ कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष खनालसँगै थिए भने बायाँ तर्फ एमाओवादी अध्यक्ष दाहाल र मधेसी मोर्चाका नेता गच्छेदारसँगै बसेका थिए । (हेर्नुस तस्बिर)

प्रतिक्रिया