शनिबार छलफल गर्ने भन्दै बाहिरिए नेताहरु

काठमाडौं, १२ जेठ । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच आज पुनः भएको छलफल बिनाकुनै निष्कर्ष सकिएको छ ।
सिंहदरबारमा बसेको बैठकमा दलहरुले राज्य पुनर्संरचनामा आ–आफ्ना पुराना अडान दोहराएपछि सहमति हुन नसकेको हो । शनिबार बस्ने बैठकले सहमति खोज्ने नेताहरुले बताएका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले पाँच बुँदे सहमति अनुसार ११ प्रदेशमा सहमति हुनुपर्ने बताए ।
सो विषयमा एमाओवादी र मधेसी मोर्चाले निकास खोज्न नमानेको कांग्रेस र एमालेको आरोप छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश पछि दलहरुका वीच चिसिएको सम्बन्धका कारण आज दुई पटक भएका छलफलमा कुनै सहमति हुन सकेन ।

 

यस अघि आजै भएको छलफलमा एमाओवादीले विवादित विषयलाई संविधानसभाबाट मतदानमा लगेर निकास खोज्न प्रस्ताव गरेको थियो । कांग्रेस र एमालेले भने सो प्रस्तावालाई अस्विकार गरिदिएका थिए ।

प्रतिक्रिया