प्रचण्डसँग मैले माफी माँगी सके : नेपाल


काठमाडौं, ११ जेठ । एमालेका वरिष्ठ नेता माधव नेपालले हिजो आफूले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै दिएका अभिब्यक्तिप्रसति माफी मागेका छन् ।
विवाद समाधान उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता नेपालले आफूले राजनीतिक रूपमा भनेको विषयलाई सञ्चार माध्यमले नकारात्मक ढड्गले प्रचार गरेको बताए । उनले समाचारले गर्दा आफूलाई अप्ठ्यारोमा पारेको भन्दै आफूले त्यस खालको कुरा नगरेको दाबी गरे ।
सहमतिको प्रयास भइरहेको बेला कोही कसैलाई आरोपित गर्ने आफ्नो नियत नभएको भन्दै नेता नेपालले राजनीतिकरूपमा बोलेका कुरालाई सञ्चारमाध्यमलले बदनीयतपूर्ण तरिकाले प्रचार गरेको अरोप लगाएका छन् ।
उनले भने, ‘प्रचण्डजीसँग मैले माफी मागिसके, हिजो बोलेको कुरालाई लिएर उहाँलाई असजिलो परेको र दुःख लागेको रहेछ, मैले माफी मागेर कुरा बुझाउन खोजे ।’
हिजो नेता नेपालले एमाओवादी अध्यक्ष दाहाललाई गैरराजनीतिक रूपमा आफनो पार्टीका सभासदहरू चोरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया