उप–प्रधानमन्त्री सिटौलाद्वारा राजीनामा

काठमाडौं, ११ जेठ । सरकार छाड्न दबाव परिरहेका समयमा कांग्रेसबाट सरकारमा सहभागी उप–प्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो राजीनामा सभापति सुशील कोइरालालाई बुझाएका छन् ।
महाराजगञ्जस्थित निवासमा सभापति कोइरासँग आज भेटगरेर आफ्नो राजीनामा पत्र बुझाएको कोइरालाका प्रेस सल्लाहाकार विपुल पोखरेलले जाएका छन् । सिटौलाको राजीनामा प्रधानमन्त्रीलाई बुझाउने वा नबुझाउने भन्ने निर्णय भने केन्द्रीय कार्यसमितिले गर्ने छ ।
सिटौलाले आफ्नो राजीनामा प्रधानमन्त्रीलाई नबुझाई सभापति कोइरालालाई बुझाएका हुन् । उप–प्रधानमन्त्री वा मन्त्रीले पदबाट राजीनामा दिदा प्रधानमन्त्रीलाई राजीनामा पत्र दिनुपर्ने कानूनी प्रावधान छ ।
सरकारले संविधानसभाको म्याद थप्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि कांग्रेसले असहमति जनाई सकेको छ ।
सरकारको कामकारबाहीलाई लिएर सिटौलाको आलोचना भएपछि उनले दबावमा राजीनामा दिएका हुन् ।
यसैवीच, पार्टीको आन्तरिक विवादका कारण केन्द्रीय समिति बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेता शेरबहादुर देउवालाई सहमति गराउन तीन जना केन्द्रीय नेता देउवा निवास पुगेका छन् ।
माहामन्त्री सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र चन्द्र भण्डारी देउवालाई भेट्न गएका हुन् ।

प्रतिक्रिया