संविधान १४ गते भित्रै जारी हुनुपर्छः एमाले

काठमाडौं, १० जेठ । एमाले जेठ–१४ गते भित्रै सहमति गरेर नयाँ संविधान जारी गर्नुपर्ने धारणा अघि सारेको छ । त्यसका लागि सहमति गर्न आग्रह गरेको छ
एमाले स्थायी समितिको आज सिंहदरबारमा बसेको बैठकले यस अघिका सहमति अनुसार प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिएर मार्गप्रसस्त गर्न सुझाव दिएको हो ।
नयाँ संविधानका विवादित पाँच वटा विषय मध्य चार वटामा सहमति भएको भन्दै सचिव शंकर पोखरेलले सहमति हुन बाँकी संघीयताको विषय रुपान्तरित संसदले टुङगो लगाउने बताए । यस विषयमा प्रमुख दलहरुका वीच सहमति भईसकेको एमालेको भनाई छ ।
उता, एमाओवादी र मधेसी मोर्चाले नयाँ संविधान जारी हुने ठोस ज्ञारेन्टी नहँुदा सम्म प्रधानमन्त्रीले राजीनामा दिन नहुने निर्णय गरेका छन् ।
प्रधानमन्त्री सहित एमाओवादी र मधेसी मोर्चाको सिंहदरबारमा बसेको बैठकले संविधान जारी गर्ने ज्ञारेन्टी नहुँदासम्म राजीनामा नदिने सहमति गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
एमाओवादी र मधेसी मोर्चाले कांग्रेस र एमालेले सत्ताको विषयलाई जोड दिएकाले सहमति हुन नसकेको भन्दै आफूहरुले भन्ने गरेको सहमति र संविधानको विषय ओझेलमा परेको बताएका छन् ।

प्रतिक्रिया