फिर्ता बोलाए सरकारमा बस्दैनः सिटौला

काठमाडौं, १० जेठ । संविधानसभाको म्याद थपको विषयलाई लिएर सरकारमा सहभागी मन्त्रीहरुको चर्को आलोचना भईरहका समयमा कांग्रेस महामन्त्री तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीले फिर्ता बोलाए राजीनामा दिन तयार रहेको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा बैठक चलिरहदा बाहिरिएका सिटौलाले भने, ‘पार्टीले निर्णय गरेर बोलाउछ भने म फिर्ता हुन्छु ।’
उनले पार्टीले निर्णय गरेर फिर्ता बोलाए एक मिनट पनि सरकारमा बस्ने ईच्छा नरहेको बताए । उनले भने, ‘मलाई सरकारमा बस्ने कुनै ईच्छा छैन ।’
यसैवीच, महामन्त्री एवं उपप्रधानमन्त्री सिटौला र उपसभापति रामचन्द्र पौडेल बार्ता गर्नु छ भन्दै बैठकबाट बाहिरिएका छन् ।
देउवा समूहले बहिष्कार गरेको जनाएको केन्द्रीय समितिमा उनी समर्थक मानिने खुमबहादुर खड्का, अजय चौरसिया, शंकर भण्डारी र पुष्पा भुषालको सहभागिता छ ।

प्रतिक्रिया