कांग्रेसको बैठक जारी/देउवा अनुपस्थित

काठमाडौं, १० जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभाको म्याद थप सम्बन्धमा सरकारले संसदमा दर्ता गराएको प्रस्ताव लगायतमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बसिरहेको छ ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा विशेष गरेर संविधानसभाको म्याद थप गर्ने सरकारी प्रस्तावका बारेमा छलफल केन्द्रित रहेको एक सदस्यले जनाएका छन् ।
बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा समेत छलफल हुने छ ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा भने अनुपस्थित रहेका छन् । यद्यपी उनी समर्थक मानिने केन्द्रीय सदस्यहरुको भने उपस्थिती रहेको छ ।
यस अघि आजै विहान बसेको प्रभावशाली नेताहरुको बैठकले संविधानसभाको म्याद थप्न नहुने तथा सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया