म्याद थप विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, १० जेठ । सरकारले संविधानसभाको म्याद तीन महिना थप्न गरेको प्रस्तावविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अन्तरिम संविधानको धारा–११६ अनुसार सर्वोच्च अदालतको फैसला मान्नुपर्ने प्रावधान रहेको भन्दै तीन वटा अलग अलग रिट दायर भएको सर्वोच्चका रजिष्टार श्रीकान्त पौडेलले जानकारी दिए ।
सरकारले तीन महिना म्याद थपको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि रिट परेको हो । म्याद थपका लागि अन्तरिम संविधान १३ औं पटक संशोधन गर्नुपर्ने हुन्छ ।
छ महिनाअघि सर्वोच्च अदालतले जेठ–१४ पछि संविधानसभा स्वतः विघटन हुने भन्दै बाध्यकारी फैसला गरेको थियो ।

प्रतिक्रिया